Global TV Logo
लोड हुँदैछ...

एमाले अध्यक्ष ओलीले सुदूरपश्चिमका सांसदहरुसंग छलफल गर्दै

B
Binita Thapa
२०२६-०५-०६, ०३:४२ AM
होमपेज/समाचार
एमाले अध्यक्ष ओलीले सुदूरपश्चिमका सांसदहरुसंग छलफल गर्दै

बैशाख २३ - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरूसंग छलफल गर्दैछन् ।  अध्यक्ष ओलीले छलफलका लागि सुदूरपश्चिमका ११ सांसदहरूलाई आज आफ्नै निवास भक्तपुरको गुण्डुमा बोलाएका हुन् । प्रदेशका केही सांसदहरूले संसदीय दलको नेता परिवर्तनको विषय लिएर केही समयअघि अध्यक्ष ओलीलाई भेटेका थिए । 

ओलीले त्यस विषयमा सामूहिक छलफलपछि मात्रै अघि बढ्ने बताएका थिए । अध्यक्ष ओलीसंग संसदीय दलको नेताको विषयमा छलफल हुने एक सांसदले जानकारी दिएका छन् । उनका अनुसार दलको नेता परिवर्तन हुने वा नहुने भन्ने विषय अहिले नै टुंगो लागिसकेको छैन । ओलीले आवश्यक ठानेको अवस्थामा दलको नेता फेर्न सक्नेछन् । 

तर,त्यसपछि कसलाई बनाउने भन्ने विषयमा भने सबै सांसदहरू एकमत छैनन् । उपनेता रहेकी सन्तोष शर्मा थापाले दलको नेतामा दाबी गरेकी छन् । हाल प्रमुख सचेतक रहेका चक्र मल्ल पनि दलको नेताको दौडमा छन् । पछिल्लो समय नेकपा र एमालेको सहकार्यको विषयमा नेतृत्वबीच गहन छलफल भइरहेको बताइएको छ । सुदूरपश्चिम प्रदेशबाटै त्यसको सुरुवात हुनुपर्ने विषयमा नेताहरूबीच छलफल भइरहेको छ । आजको बैठकमा ओलीले त्यस विषयमा पनि छलफल गर्ने बताइएको छ । अहिले सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com