Global TV Logo
लोड हुँदैछ...

कोसीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७ सांसद

S
Sristi Thakuri
२०२६-०८-२४, ११:४८ AM
होमपेज/विशेष समाचार
कोसीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७ सांसद

काठमाडौं , भदौ ८ - कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ मत परेको हो।

मुख्यमन्त्री कार्कीलाई सत्ता साझेदार नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ प्रदेशसभा सदस्यले समर्थन गरेका छन्। प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका सांसदहरूले मतदान गरेका थिए।

कांग्रेसका २९ प्रदेशसभा सदस्यमध्ये २२ जना मतदान प्रक्रियामा सहभागी भए। उनीहरूले मुख्यमन्त्री कार्कीको विश्वासको मतको विपक्षमा मतदान गरेका हुन्।

यस्तै, राप्रपाका सभामुखसहित पाँच जना प्रदेशसभा सदस्य मतदान प्रक्रियामा तटस्थ बसे। जनता समाजवादी पार्टी ९जसपा०की एक्ली प्रदेशसभा सदस्य निर्मला लिम्बु भने बैठकमा अनुपस्थित रहिन्।

९३ सदस्यीय कोसी प्रदेशसभामा एक सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य कायम छन्। सोमबारको बैठकमा भने ८३ जना प्रदेशसभा सदस्य उपस्थित थिए।

प्रदेशसभाबाट विश्वासको मत पाएसँगै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई तत्कालका लागि राजनीतिक रूपमा थप बल पुगेको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com