Global TV Logo
लोड हुँदैछ...

गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना

B
Binita Thapa
२०२६-०६-२१, ०३:५७ AM
होमपेज/विशेष समाचार
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना

काठमाडौँ, असार ७- कांग्रेस सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो महाधिवेशनको शुभकामना दिएका छन्।

 नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो महाधिवेशनको अवसरमा शुभकामना दिएका छन् ।  सभापति थापाले पार्टी स्थापनाको छोटो अवधिमै रास्वपाले उल्लेखनीय जनसमर्थन पाएको र राष्ट्रिय राजनीतिमा आफूलाई बलियो स्थापित गरेको बताए। उनले महाधिवेशनले रास्वपालाई विचार, सङ्गठन र नीतिका दृष्टिले परिपक्व, जिम्मेवार र दूरदर्शी बनाउने तथा लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न मद्दत गर्ने अपेक्षा व्यक्त गरे।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ। तपाईंको नेतृत्वमा सङ्गठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ।'

थापाले थप भनेका छन्– 'यो महाधिवेशन रास्वपाका लागि विचार, सङ्गठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो। यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधान प्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जबाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु।'

 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com