गृह मन्त्रालय नेतृत्वविहीन हुँदा राज्य व्यवस्था समितिको काम ठप्प : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ले सरकारकै कारण प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको कामकारबाही ठप्प भएको आरोप लगाएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले गृह मन्त्रालय सम्हाल्ने मन्त्री वा प्रधानमन्त्रीको अनुपस्थितिका कारण समितिको बैठक नियमित रूपमा बस्न नसकेको बताएका हुन्।
उनले देशमा पछिल्लो समय विकसित भएका दर्दनाक घटनाबारे संसदमा गम्भीर छलफल र प्रश्न उठाउनुपर्ने अवस्था रहे पनि सम्बन्धित मन्त्रीको अभावमा समिति अनिर्णयको बन्दी बनेको उल्लेख गरे।
आङ्देम्बेका अनुसार समितिका सभापतिले पटक–पटक बैठकका लागि आग्रह गरे पनि सम्बन्धित मन्त्रालयको नेतृत्व नहुँदा आफूहरू सहभागी हुन नसकेको अवस्था सिर्जना भएको छ। प्रधानमन्त्रीको कार्यव्यस्तता र अनुपस्थितिका कारण पनि समितिको काम प्रभावित भएको भन्दै उनले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाए।
उनले एउटा महत्त्वपूर्ण मन्त्रालयमा समेत मन्त्री नियुक्त गर्न नसक्ने सरकारले नागरिकका गम्भीर समस्या र जिम्मेवारी कसरी सम्बोधन गर्छ भन्दै सरकारको आलोचना गरे।
लोकप्रिय खबर
लोड हुँदैछ...



