छुटेका नेतालाई केन्द्रीय समितिमा ल्याउने गगन थापाको प्रस्ताव

नेपाली कांग्रेसका सभापति गगन थापाले १४ औं महाधिवेशनबाट निर्वाचित भएर पनि पार्टीको जिम्मेवारीबाट बाहिर रहेका नेताहरूलाई समेटेर अघि बढ्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले विशेष महाधिवेशनपछि विभिन्न समितिबाट छुटेका नेताहरूलाई केन्द्रीय समिति तथा अन्य संरचनामा सम्मानजनक भूमिका दिने प्रस्ताव अघि सारेका हुन् । उनले पार्टीभित्र ठूलो संख्यामा अनुभवी र निर्वाचित नेताहरू बाहिर रहेको उल्लेख गर्दै सबैलाई सँगै लिएर जाने आफ्नो चाहना रहेको बताए ।
‘पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएको नेताहरूको ठूलो पङ्ति बाहिर छ,’ थापाले भने, ‘जो मेरो समितिभित्र हुनुहुन्न, उहाँहरूलाई पनि केन्द्रीय समितिमा ल्याएर सम्मानका साथ जिम्मेवारी दिन चाहन्छु । वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, आवश्यक ठाउँमा राखेर सबैलाई सँगै लिएर काम गर्ने मेरो प्रस्ताव हो ।’
थापाको यो अभिव्यक्तिलाई कांग्रेसभित्र आन्तरिक एकता कायम गर्ने प्रयासका रूपमा हेरिएको छ । पार्टीभित्र फरक धारका नेताहरूलाई समेटेर सहकार्यको वातावरण बनाउन उनले जोड दिएका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



