जलवायु वित्त र न्यायका लागि अन्तर्राष्ट्रिय कूटनीतिक पहल बढाउनुपर्ने : हमाल

काठमाडौं , असोज १ - नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन नेपालले क्लाइमेट डिप्लोमेसीलाई थप सशक्त बनाउनुपर्ने बताएका छन ।
बिहीवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा हमालले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र साहको सहभागितालाई जलवायु कुटनीतिका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए । प्रधानमन्त्री साह पहिलो विदेश भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन लागेको उल्लेख गर्दै उनले नेपालको वर्तमान विपद् र जलवायुजन्य जोखिमलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए । उनले नेपालको पछिल्लो विपद्को अवस्थालाई जलवायु न्यायसँग जोडेर अन्तर्राष्ट्रिय तहमा प्रस्तुत गर्नुपर्ने बताए । हमालले जलवायु न्याय प्राप्त गर्ने विषय सहज नभएको भन्दै विकसित तथा प्रभावशाली मुलुकहरूलाई जलवायु परिवर्तन न्युकिरणका लागि जिम्मेवार बनाउन निरन्तर कुटनीतिक दबाब आवश्यक रहेको बताए ।
हमालले जलवायु वित्त प्राप्तिका लागि नेपालले अन्तर्राष्ट्रिय वार्ता र कुटनीतिक पहललाई अझ प्रभावकारी बनाउनुपर्ने बताए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



