Global TV Logo
लोड हुँदैछ...

नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै, नेताहरूको कार्यविभाजन मुख्य एजेण्डा

B
Buna Ghimire
२०२६-०५-१८, ०५:२२ AM
होमपेज/राजनीति
नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै, नेताहरूको कार्यविभाजन मुख्य एजेण्डा

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । 

नेकपा एमाले पार्टी कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । यसअघि जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो ।

 ११ औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकाले आजको मुख्य एजेन्डा कार्यविभाजनमै केन्द्रित हुने नेताहरूले बताएका छन् । एमालेले हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन दिने तयारी गरेको छ । यसैगरी केन्द्रीय विभाग तथा निकायहरूमा पनि जिम्मेवारी बाँडफाँट गर्ने तयारी छ । 

बैठकले गत फागुनमा भएको निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति समेत तोक्न सक्नेछ । साथै बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुमबासी, उनीहरूको व्यवस्थापन र सरकारका पछिल्ला कामकारबाहीले जनतामा पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com