Global TV Logo
लोड हुँदैछ...

नेपालका बाढीपहिरो पीडितलाई टीसीपी ग्रुपको १० लाख भाट सहयोग

S
Sristi Thakuri
२०२६-०९-१७, १२:२० PM
होमपेज/समाचार
नेपालका बाढीपहिरो पीडितलाई टीसीपी ग्रुपको १० लाख भाट सहयोग

काठमाडौं  , असोज १ -   रेड बुलको मातृ कम्पनी टीसीपी ग्रुपले नेपालका बाढी तथा पहिरो प्रभावित समुदायको राहतका लागि १० लाख थाई भाट सहयोग गरेको छ।

टीसीपी ग्रुपले थाई रेडक्रस सोसाइटीमार्फत उक्त रकम नेपाल रेडक्रस सोसाइटीको समन्वयमा राहत तथा सहयोगका लागि उपलब्ध गराएको हो।

नेपालमा सारस बेभरेजेज टीसीपी ग्रुपको संयुक्त उद्यम साझेदारका रूपमा रेड बुलको स्थानीय उत्पादन तथा वितरण गर्दै आएको छ। अमरापुरीस्थित कारखानाबाट नेपाली बजारका लागि रेड बुल उत्पादन हुँदै आएको कम्पनीले जनाएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com