Global TV Logo
लोड हुँदैछ...

प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै

B
Binita Thapa
२०२६-०६-०१, ०४:५३ AM
होमपेज/समाचार
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै

जेठ १८ - संघीय संसद अन्र्तगत प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०८३/८४ को लागि प्रस्तुत बजेटमाथि छलफल हुँदैछ । 

संघीय संसद्को प्रतिनिधि सभाको बजेट अधिवेशन अन्तर्गत आज बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको हो । दिउँसो १ बजे बस्ने बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

अर्थ मन्त्रीले प्रस्ताव प्रस्तुत गरेपछि उक्त वार्षिक अनुमानमाथि सदनमा सामान्य छलफल सुरु हुनेछ । सरकारले जेठ १५ गते संसद्मा पेश गरेको बजेटमाथि सांसदहरूले उठाएका प्रश्न र बजेटका सिद्धान्त तथा प्राथमिकताका विषयमा केन्द्रित रहेर सदनमा बहस हुनेछ । प्रतिनिधिसभाको यस सत्रमा बजेटमाथिको सैद्धान्तिक छलफल सकिएपछि दफावार छलफल र पारित गर्ने प्रक्रिया अगाडि बढ्ने परम्परा छ । शुक्रबार अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३\८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक थिए । बजेट चालु आर्थिक वर्षको बजेटको संशोधित अनुमानभन्दा ४ खर्ब ३६ अर्ब रुपैयाँले बढी हो ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com