फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर, यसबाट सन्देश के ?
B
Binita Thapa२०२६-०७-२२, ०४:५६ AM

साउन ६- पर्यटकका लागि आकर्षणको केन्द्र पोखराको फेवातालमा प्लास्टिकजन्य फोहोरको डङ्गुर थुप्रिएको छ ।
फेवातालमा पानीसहित अन्य पेय पदार्थका बोतल, प्लास्टिक, झोलादेखि जुत्ता–चप्पलसम्म भेटिन्छ । यति मात्र होइन यस क्षेत्रले ढल मिसावट र अतिक्रमणको समस्या भोग्दै आएको छ ।
अहिले पनि फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर देखिन्छ । ताल सफाइ गरेर निकालिएको फोहोर व्यवस्थापन नगरी किनारमै छोडिएको छ । ड्याम साइड पार्क र त्यस आसपास मात्र होइन, तालमा पनि पानीका बोतल तैरिएका छन् ।
पोखरा महानगरपालिका, स्थानीय टोल विकास संस्था, नागरिक समाजले फेवाताल सरसफाइ गर्दै आएका छन् । तर, सङ्कलित फोहोर व्यवस्थापन नगरी किनारमा छोड्दा ताल छेउको ड्याम साइड पार्क क्षेत्र कुरूप बनेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



