Global TV Logo
लोड हुँदैछ...

महोत्तरीमा २ करोड ४० लाखका १२ सय थान एयरबड्स बरामद

S
Sristi Thakuri
२०२६-०९-०५, ०६:२२ AM
होमपेज/समाचार
महोत्तरीमा २ करोड ४० लाखका १२ सय थान एयरबड्स बरामद

काठमाडौं  ,भदौ २० - महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएको एयरबड्स बरामद गरेको छ।

शनिबार बिहान भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको अवस्थामा प्रहरीले करिब २ करोड ४० लाख रुपैयाँ मूल्य बराबरका १ हजार २ सय थान एयरबड्स नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरीका अनुसार सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कार्कीको नेतृत्वमा खटिएको टोली, सीमा सुरक्षा गुल्म रघुनाथपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक गणेशदत्त पाण्डे तथा बोर्डर आउट पोस्ट खैरवनीका सशस्त्र प्रहरी निरीक्षक कृष्ण गिरीको टोलीले संयुक्त रूपमा उक्त सामान बरामद गरेको हो।

प्रहरीका अनुसार एयरबड्स बोकेर नेपाल प्रवेश गरिरहेका व्यक्तिहरूले गस्ती टोलीलाई देखेपछि सामान छाडेर फरार भएका थिए। फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बरामद गरिएको एयरबड्स आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ।

भारतसँग जोडिएको खुला सीमाको प्रयोग गरी अवैध रूपमा सामान भित्र्याउने क्रम बढिरहेका बेला महोत्तरीमा ठूलो परिमाणमा विद्युतीय सामग्री बरामद भएको हो।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com