Global TV Logo
लोड हुँदैछ...

यो हार स्थायी होइन, नेकपा फेरि प्रतिस्पर्धी शक्तिका रूपमा फर्किन्छ' : प्रमुख सचेतक दुलाल

B
Buna Ghimire
२०२६-०६-२८, ०६:५१ AM
होमपेज/विशेष समाचार
यो हार स्थायी होइन, नेकपा फेरि प्रतिस्पर्धी शक्तिका रूपमा फर्किन्छ' : प्रमुख सचेतक दुलाल

काठमाडौँ, असार १४ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हालको निर्वाचनमा बेहोरेको हारलाई अस्थायी परिणामका रूपमा व्याख्या गर्दै आगामी दिनमा पुनः सशक्त प्रतिस्पर्धी शक्तिका रूपमा उदाउने दाबी गरेको छ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले आवधिक निर्वाचनको परिणामलाई स्थायी मान्न नहुने बताए। उनले यसपटक चुनावमा पराजित भए पनि पार्टी दीर्घकालीन रूपमा कमजोर नभएको उल्लेख गर्दै भविष्यमा अझ सशक्त रूपमा जनतामाझ फर्किने विश्वास व्यक्त गरे।

‘हामी आवधिक चुनावमा यो पटक तपाईंहरूसँग हारेका हौं, सधैंका लागि हारेका होइनौं। हामी पुनः प्रतिस्पर्धी शक्ति बनेर आउनेछौं। आज दायाँ आसनमा बसेकाहरूलाई पनि सधैं त्यहीँ बसिरहने सुनिश्चितता छैन, भोलि अरू पनि त्यहाँ पुग्न सक्छन् भन्ने हेक्का हुनुपर्छ,’ उनले भने।

दुलालले संसदमा सिट संख्या सानो वा ठूलो हुनु लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक परिणाम भएको उल्लेख गर्दै विचार र सिद्धान्तको शक्ति नै राजनीतिको मुख्य आधार भएको बताए। ‘हामी विचारका बीज हौं। विचार सही भयो र समयअनुसार विकसित भयो भने त्यसले समाजलाई व्यापक रूपमा प्रभाव पार्न सक्छ। एउटा सानो झिल्कोले पनि सिंगो जंगलमा आगो फैलाउन सक्छ,’ उनले भने।

उनले नेपालका प्रगतिशील, लोकतान्त्रिक तथा वामपन्थी जनमतको सम्मान गर्दै देशको नेतृत्व गर्ने नेकपाको सपना अझै जीवित रहेको बताए। पार्टी नवीन सोच, सक्षम नेतृत्व र एकताबद्ध पहलका साथ अघि बढ्ने तथा स्वच्छ र स्वस्थ राजनीतिक प्रतिस्पर्धामार्फत राष्ट्र निर्माणमा योगदान दिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com