Global TV Logo
लोड हुँदैछ...

राधिका दासीको बारेमा अफवाह फैलाउने वेदिका केसी पक्राउ

B
Binita Thapa
२०२६-०७-२३, ११:०९ AM
होमपेज/विशेष समाचार
राधिका दासीको बारेमा अफवाह फैलाउने वेदिका केसी पक्राउ

 साउन ७ - वेदिका केसी पक्राउ परेकी छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीले पक्राउ गरेको हो ।

साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीका अनुसार केसीविरुद्ध साइबर कसुर सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट एक दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीका अनुसार केसीले सामाजिक सञ्जाल तथा विभिन्न युट्युब च्यानलमार्फत राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोप लागेको छ । सोही आरोपमा उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आफूलाई धर्मभित्रको गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताको रूपमा चिनाउने वेदीका पछिल्लो समय चर्चामा थिइन् । उनी विरुद्ध कथावाचिका राधिका दासीले उजुरी गरेको बताइएको छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com