राष्ट्रिय विपद् प्राधिकरणको बैठकः मनसुन जोखिमबारे अद्यावधिक विवरण संकलन

काठमाडौं, असार २८ —राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिमलाई न्युनिकरण गर्न सबै सरोकारवाला निकायसँगको समन्वयलाई तिब्र बनाएको छ प्राधिकरणको आईतवार बसेको बैठकमा मनसुनजन्य विपद्को तयारी र सरोकारवाला निकायले गरेका कामको प्रगति समीक्षा गर्दै अद्यावधिक विवरण संकलन गरेको हो । प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीपकुमार कोईरालाले मनसुन अवधिमा जनधनको क्षति न्युनिकरणका लागि सरकार पूर्ण तयारीमा रहेको बताए । उनका अनुसार असार ४ गते गृहमन्त्री सुधन गुरुङको संयोजकत्वमा बसेको बैठकले विभिन्न निकायलाई आवश्यक निर्देशन दिएको थियो । सोही निर्देशनको कार्यान्वयन अवस्था समीक्षा गर्न बैठक आयोजना गरिएको उनले बताए । सबै क्लस्टर लिडर, को–लिडर, सडक, सिंचाई लगायतका विभागीय प्रमुख तथा विपद् सम्पर्क व्यक्तिहरूलाई बोलाएर मन्त्रीस्तरीय निर्देशन कार्यान्वयनको प्रगति विवरण संकलन गरिएको हो । संकलन गरिएको विवरण गृहमन्त्रीलाई बुझाउने छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



