Global TV Logo
लोड हुँदैछ...

रसुवागढी भन्सारका प्रमुखसहित २५ कर्मचारी सम्पर्कमा

S
Sristi Thakuri
२०२६-०८-२६, ०७:४७ AM
होमपेज/विशेष समाचार
रसुवागढी भन्सारका प्रमुखसहित २५ कर्मचारी सम्पर्कमा

काठमाडौं , भदौ १० - रसुवागढी भन्सार कार्यालयमा कार्यरत २५ जना कर्मचारी सम्पर्कमा आएका छन्। अर्थ मन्त्रालयका अनुसार भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानासहित २५ जना कर्मचारीको अवस्था सामान्य रहेको छ।

रसुवागढी भन्सार कार्यालयमा कुल ३६ जना स्थायी कर्मचारीको दरबन्दी रहेको छ। तीमध्ये २५ जना सम्पर्कमा आए पनि बाँकी ११ जना स्थायी कर्मचारी भने अझै सम्पर्कविहीन छन्।

मन्त्रालयका अनुसार कार्यालयमा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीमध्ये एक जना पनि सम्पर्कमा आएका छन्। सम्पर्कमा नआएका अन्य कर्मचारीको भने खोजी भइरहेको छ।

सम्पर्कविहीन कर्मचारीको अवस्था र उनीहरू कहाँ छन् भन्नेबारे जानकारी संकलन तथा खोजी कार्य भइरहेको अर्थ मन्त्रालयले जनाएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com