रसुवागढी भन्सारमा बाढीको कहर, करिब ५०० नयाँ गाडी बगेको अनुमान

भदौ १० - रसुवामा आएको भीषण बाढीले रसुवागढी भन्सार कार्यालयमा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण भन्सार जाँचपासका लागि पार्किङ गरी राखिएका करिब ५०० वटा नयाँ सवारीसाधन बगेको प्रारम्भिक अनुमान गरिएको छ।
भन्सार विभागका निर्देशक किशोर बर्तौलाका अनुसार बाढीले भन्सार क्षेत्रमा कल्पनै गर्न नसकिने क्षति पुर्याएको छ । चीनबाट आयात गरिएका विद्युतीयसहित ठूलो संख्यामा नयाँ सवारीसाधन भन्सार जाँचपासका लागि क्षेत्रमा राखिएका थिए।
बर्तौलाले बाढीपछि भन्सार क्षेत्रमा ठूलो क्षति भएकाले अधिकांश संरचना तथा सामग्रीको अवस्था यकिन गर्न कठिन भएको बताए ।
यसैबीच, भन्सार कार्यालयका करिब दुई दर्जन कर्मचारी अझै सम्पर्कविहीन छन् । रसुवागढी भन्सार कार्यालयमा ३६ स्थायी दरबन्दी रहे पनि हालसम्म आधाभन्दा कम कर्मचारी मात्र सम्पर्कमा आएको निर्देशक बर्तौलाले जानकारी दिए।
बाढीका कारण भन्सार कार्यालय तथा आसपासको क्षेत्रमा ठूलो क्षति भएपछि उद्धार र क्षतिको विवरण संकलन कार्य प्रभावित भएको
लोकप्रिय खबर
लोड हुँदैछ...



