रास्वपा महाधिवेशन: केन्द्रीय सदस्य निर्वाचन सकिएसँगै दोस्रो चरणको तयारी, पदाधिकारीका लागि मतदान हुँदै

काठमाडौँ, असार ९ -रास्वपाको जारी महाधिवेशनमा केन्द्रीय सदस्य चयन गर्नका लागि निर्वाचन सकिएलगत्तै दोस्रो चरणको तयारी थालेको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार ४ बजेबाट दोस्रो चरणको निर्वाचन थाल्नेगरी आयोगले काम गरिरहेको छ ।
रास्वपाको सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन शाह सर्वसम्मत भइसकेका छन । दुई उपसभापति, एक महामन्त्री, ३ सहमहामन्त्री पदका लागि निर्वाचन हुने प्रवक्ता झाले बताए ।
१९ सदस्यीय पदाधिकारी रहेको रास्वपामा ३ उपसभापतिमध्ये १ जना मनोनीत गर्ने व्यवस्था छ । त्यस्तै, २ महामन्त्रीमध्ये १ जना र ५ सहमहामन्त्रीमध्ये २ जना मनोनीत हुने व्यवस्था रास्वपाको विधानले गरेको छ । पहिलो चरणमा केन्द्रीय सदस्यका लागि भएको चुनावमा २९५९ मत खसेको थियो । ४३११ प्रतिनिधि रहेको रास्वपामा १३५२ जना मतदानमा अनुपस्थित भए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



