Global TV Logo
लोड हुँदैछ...

विद्युतीय राहदानी छपाइ प्रकरणबारे सार्वजनिक लेखा समितिको छलफल मंगलबार, राहदानी विभाग र परराष्ट्र मन्त्रालयलाई बोलाइयो

B
Buna Ghimire
२०२६-०७-१२, ०६:३५ AM
होमपेज/विशेष समाचार
विद्युतीय राहदानी छपाइ प्रकरणबारे सार्वजनिक लेखा समितिको छलफल मंगलबार, राहदानी विभाग र परराष्ट्र मन्त्रालयलाई बोलाइयो

काठमाडौं, २८ असार — प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले विद्युतीय राहदानी छपाइ प्रकरणका सम्बन्धमा छलफल गर्ने भएको छ। समितिका सभापति भरतबहादुर खड्काले यस विषयमा मंगलबार बिहान बैठक बोलाइएको जानकारी दिएका छन्।

सभापति खड्काका अनुसार उक्त विषयमा समितिमा प्रश्न उठ्नुका साथै उजुरीसमेत परेकाले छलफल आवश्यक ठानिएको हो। छलफलका लागि राहदानी विभाग र परराष्ट्र मन्त्रालयका प्रतिनिधिलाई उपस्थित हुन आग्रह गरिएको छ।

‘कुनै पनि निकायको निर्णयले राष्ट्रलाई क्षति पुगेको छ वा छैन भन्ने विषयमा समीक्षा गर्नु लेखा समितिको दायित्व हो। यस विषयमा सार्वजनिक रूपमा प्रश्न उठेकाले वास्तविकता बुझ्न सम्बन्धित निकायसँग जानकारी लिइनेछ,’ सभापति खड्काले बताए।

उनले समितिले छलफलका लागि बोलाउँदैमा कसैलाई दोषी ठहर गरिएको अर्थ नलाग्ने स्पष्ट पारे। सार्वजनिक रूपमा उठेका प्रश्नको तथ्यगत जानकारी र सम्बन्धित निकायको प्रष्टीकरण लिनका लागि मात्र छलफल आयोजना गरिएको उनको भनाइ छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com