विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा काठमाडौं महानगरको सहभागिता

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिबल’मा सहभागी हुन फ्रान्स जाने भएकी छिन् ।
महानगरपालिकाले आयोजना गर्न लागेको ‘काठमाडौं फिल्म फेस्टिबल’को औपचारिक घोषणा तथा अन्तर्राष्ट्रियस्तरमा यसको प्रवद्र्धन गर्ने उद्देश्यले उनी फ्रान्स जान लागेकी हुन् । भ्रमणका बारेमा कार्यपालिका बैठकमा जानकारी दिँदै कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाले सञ्चालन गर्न लागेको फिल्म महोत्सवको विश्वव्यापी प्रचारप्रसार नै आफ्नो भ्रमणको मुख्य उद्देश्य रहेको बताइन् ।
अन्तर्राष्ट्रिय महोत्सवको पूर्वतयारी स्वरूप महानगरले स्थानीयस्तरमा ‘टोल टोलमा फिल्म महोत्सव’समेत आयोजना गर्ने तयारी गरिरहेको छ । आफ्नो वैदेशिक भ्रमणको अवधिभरका लागि कार्यवाहक प्रमुख डंगोलले महानगरको कार्यवाहकको जिम्मेवारी ज्येष्ठताका आधारमा वडा नम्बर १ का वडा अध्यक्ष भरतलाल श्रेष्ठलाई दिएकी छिन् ।।
लोकप्रिय खबर
लोड हुँदैछ...



