सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको आलोचनामा केन्द्रित : पद्मा अर्याल

काठमाडौं , भदौ ८ - नेकपा (एमाले) की सचिव एवं संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकार नागरिकका समस्या समाधान गर्नुभन्दा सामाजिक सञ्जालमार्फत प्रतिपक्षको आलोचना गर्ने काममा बढी केन्द्रित भएको आरोप लगाएकी छन ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा उनले ग्यास, रासायनिक मल र राहदानीको लागि लाइनमा बसेका नागरिकको समस्या समाधान गर्नुभन्दा सरकार निकटस्थमार्फत प्रतिपक्षको आलोचना गर्ने काममा बढी केन्द्रित भएको आरोप लगाइन । के सरकारको काम प्रतिपक्षको विरोध गर्ने कारखाना मात्रै सञ्चालन गर्ने हा ? उनको प्रश्न छ । उनले प्रविधिको विकास हुनु आफैँमा समस्या नभएपनि त्यसले समाजमा गम्भीर समस्या सिर्जना गरिरहेको बताइन ।
एमाले सचिव अर्यालले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर र वर्गीकरणका आधारमा मापदण्ड बनाउन समेत सरकारसँग माग गरिन । उनले गरिमा चौधरीको बलात्कारपछि हत्याको घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कानूनी कारबाही गर्न माग गरिन ।
उनले ठूलो जनमतसहित आएको सरकारले किन परिणाम आउनेगरी काम गर्न सकिरहेको छैन ? भन्दै प्रश्न समेत गरिन ।
लोकप्रिय खबर
लोड हुँदैछ...



