Global TV Logo
लोड हुँदैछ...

सार्वजनिक जग्गा संरक्षणको नाममा आतंक फैलाएको आरोप, बुटवलमा भूमिहीनको आन्दोलन चर्कियो

B
Buna Ghimire
२०२६-०५-१७, ११:३७ AM
होमपेज/समाचार
सार्वजनिक जग्गा संरक्षणको नाममा आतंक फैलाएको आरोप, बुटवलमा भूमिहीनको आन्दोलन चर्कियो

अव्यवस्थित बसोबासी तथा भूमिहीनले रुपन्देहीको बुटवलमा बृहत प्रदर्शन गरेका छन् ।

सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौंदेखि बसेको बस्तीमा वैकल्पिक व्यवस्था बिना डोजर चलाएर आतंक मच्चाएको भन्दै उनीहरु गर्मीमा पनि छाता ओडोर प्रदर्शनमा निस्किएका हुन् । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन मिलनचोक, अस्पताललाइन हुँदै ट्राफिकचोक पुगेर सभामा परिणत भएको थियो । 

प्रदर्शनमा भूमिहीन र अव्यवस्थित बसोबासीको उल्लेख्य बस्ती रहेका २२ बढी जिल्लाबाट ठूलो संख्यामा सहभागिता रहेको आयोजकले दावी गरेको छ । प्रदर्शनमा ३० हजार बढी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको उपस्थिति रहेको बताइएको छ । 

उक्त संघर्ष समितिको आन्दोलनलाई नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, नेकपा माओवादी, सहित रुपन्देहीका १२ राजनीतिक दलले ऐक्यबद्धता जनाएका थिए ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com