Global TV Logo
लोड हुँदैछ...

हेडलाइन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत–उद्धार चौबिसै घण्टा जारी: प्रवक्ता पोखरेल

S
Sristi Thakuri
२०२६-०९-०१, ०६:३५ AM
होमपेज/विशेष समाचार
हेडलाइन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत–उद्धार चौबिसै घण्टा जारी: प्रवक्ता पोखरेल

काठमाडौं , भदौ  १६ - सरकारका प्रवक्ता सस्मित पोखरेलले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण र उद्धार कार्यमा सरकार पूर्ण रूपमा प्रतिवद्ध रहेको बताएका छन् ।

सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पोखरेलले भोटेकोशी बाढी र त्यसपछिको अवस्थाबारे जानकारी दिँदै राहत वितरण गर्न नसकेको वा सरकारले जिम्मेवारीबाट हात झिकेको भन्ने कुरा पूर्णतः निराधार र भ्रामक रहेको दाबी गरेका हुन् । मन्त्री पोखरेलका अनुसार राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारले तीनै तहका निकायबीच समन्वय गरिरहेको छ । विदेशी सञ्चारमाध्यमको पहुँच र सूचनामा रोक लगाइएको भन्ने जिज्ञासाको खण्डन गर्दै मन्त्री पोखरेलले हवाई सुरक्षा र अत्यधिक एयर ट्राफिकका कारण उडान सुरक्षालाई ध्यानमा राखेर केही व्यवस्थापन मात्र गरिएको जिकिर गरेका छन् ।

अन्तर्राष्ट्रिय सहयोगका सन्दर्भमा परराष्ट्र मन्त्रालयमार्फत निरन्तर समन्वय भइरहेको जानकारी दिँदै प्रवक्ता पोखरेलले हाल भारत, चीन र कोरिया लगायतका मुलुकका उद्धार टोलीहरू प्रभावित क्षेत्रमा सक्रिय रहेको बताएका छन् । 

प्रवक्ता पोखरेलले प्रभावित क्षेत्रमा राहत र उद्धारको काम चौबिसै घण्टा जारी रहने बताएका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com