Global TV Logo
लोड हुँदैछ...

भोटेकोसी बाढीमा १ हजार ३५५ को मृत्यु, झण्डै ५ हजार बेपत्ता

S
Sristi Thakuri
२०२६-०९-०७, ०६:४७ AM
होमपेज/समाचार
भोटेकोसी बाढीमा १ हजार ३५५ को मृत्यु, झण्डै ५ हजार बेपत्ता

काठमाडौं  ,भदौ २२ - भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न प्रभावित जिल्लामा शव तथा मानव अंग भेटिएका हुन्।

सोमबार बिहान ११ बजेसम्म ४ हजार ९९६ जना सम्पर्कविहीन छन्। तीमध्ये रसुवामा १ हजार ९६७ र नुवाकोटमा २ हजार ३४० जना बेपत्ता रहेको जनाइएको छ। ५८९ जना विदेशी नागरिकसमेत सम्पर्कविहीन छन्।

बाढी प्रभावित क्षेत्रबाट १३ हजार ३९६ जनाको उद्धार गरिएको छ भने ६ हजार ६७२ जना घाइतेको उपचार गरिएको छ। उद्धार तथा राहतका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com