Global TV Logo
लोड हुँदैछ...

११ घण्टाको वार्ता असफल, ट्रम्पले इरानमाथि अन्तिम समयमा पछि हटेको आरोप

S
Sristi Thakuri
२०२६-०७-१४, ०५:१७ AM
होमपेज/विशेष समाचार
११ घण्टाको वार्ता असफल, ट्रम्पले इरानमाथि अन्तिम समयमा पछि हटेको आरोप

काठमाडौं,  असार ३० – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ११ घण्टा लामो बैठक चले पनि इरानका वार्ताकारहरु अन्तिम समयमा पछि हटेको आरोप लगाएका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकासँग हुन लागेको सम्भावित सम्झौतालाई इरानले अन्तिम समयमा बदल्ने प्रयास गरेर भाँडेको आरोप लगाएका हुन् । उनले अमेरिकाले सम्भवतःहर्मुज स्ट्रेटको सञ्चालन गर्ने समेत बताएका छन् । ट्रम्पले इरानी प्रतिनिधिहरूसँग करिब ११ घण्टासम्म चलेको बैठकमा लगभग सबै मुद्दाहरूमा सहमति बनिसकेको दाबी गरेका छन् ।

 उनका अनुसार बैठक सकिएपछि इरानी प्रतिनिधिहरू कोठाबाट बाहिरिएका थिए । पछि पुनः सम्पर्क गरेर केही बुँदामा परिवर्तन गर्नुपर्ने बताएका थिए । साथै, ट्रम्पले इरानमाथि विगत ४७ वर्षदेखि अमेरिकी राष्ट्रपतिहरूलाई अल्झाएर राखेको आरोप समेत लगाएका छन् । यसैबीच,अमेरिकी सेनाले इरानका विभिन्न सैन्य ठेगानालाई लक्षित गरी लगातार तेस्रो रात पनि शक्तिशाली हवाई आक्रमण जारी राखेको छ । 

अमेरिकी केन्द्रीय कमान्ड सेन्ट्रकमका अनुसार रणनीतिक रूपमा महत्वपूर्ण मानिएको हर्मुज जलमार्गमा व्यावसायिक जहाजको सुरक्षा गर्ने र इरानी सैन्य क्षमतालाई कमजोर बनाउने उद्देश्यले आक्रमण गरिएको हो । इरानले पनि प्रतिकार गर्दै कुवेतमा रहेका अमेरिकी सैन्य अखडा र अमेरिकी सेनाको जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com