कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
B
Binita Thapa२०२६-१०-०४, ०३:४५ AM

असोज १८ - नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ । महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने तय भएको छ। उद्घाटनपछि भोलिदेखि बन्दसत्र सञ्चालन हुनेछ। महाधिवेशनमा देशभरका साथै जनसम्पर्क समितिमार्फत ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ । बन्दसत्रका लागि करिब २ हजार ५०० प्रतिनिधि अट्ने गरी तीनवटा छुट्टाछुट्टै हलको व्यवस्था गरिएको छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार यसपटकको महाधिवेशन प्रविधिमैत्री बनाइनेछ भने अनावश्यक तामझामलाई प्राथमिकता दिइने छैन ।उद्घाटन सत्रमा निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सहभागी हुन अनुरोध गरिएको प्रवक्ता चालिसेले जानकारी दिए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



