Global TV Logo
लोड हुँदैछ...

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको मृत्यु

B
Binita Thapa
२०२६-०५-२५, ०३:२७ AM
होमपेज/समाचार
भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको मृत्यु

जेठ ११- भारतको तेलङ्गाना राज्यमा बढ्दो तापक्रमका कारण हीटस्ट्रोक (लू) बाट कम्तीमा १६ जनाको ज्यान गएको छ  । टाईम्स अफ इन्डियाका अनुसार जयशंकर भूपालपल्ली जिल्लामा सबैभन्दा धेरै चार जनाको ज्यान गएको छ । 

बारंगल अर्बन, करीमनगर र निजामाबादमा तीन–तीन जनाको ज्यान गएको छ भने जोगुलाम्बा गडवाल, रंगारेड्डी र सूर्यपेटमा एक–एक जनाको ज्यान गएको खबरमा उल्लेख छ । त्यहाँको मौसम विभागका अनुसार तेलङ्गानामा अधिकतम ४६ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । राजधानी दिल्लीमा पनि गर्मी अत्यधिक बढेको छ । त्यहाँ अत्यधिक गर्मीले आकाशबाट चराहरु बेहोस भएर जमिनमा खसेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिजोे हल्का वर्षाले केही राहत दिएको छ । अधिकारीहरुले विभिन्न कार्यस्थल र सार्वजनिक क्षेत्रमा खानेपानी र दूधको व्यवस्था गर्न आग्रह गरेका छन् । राजस्थानमा पनि तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । कतिपय ठाउँहरुमा विद्यालय बन्द गरिएका छन् ।

मौसम विभागले विशेषगरी दिल्ली, पञ्जाब, हरियाणा र चण्डीगढमा तापक्रम अझै बढ्ने जनाएको छ । गर्मीका कारण जनजीवन प्रभावित भएको छ । विशेषज्ञहरूले भारतका धेरै भागमा अत्यधिक गर्मी र तातो हावाको लहर अझ केही समय चल्न सक्ने चेतावनी दिएका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको मृत्यु | Global TV Khabar