काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ शंकास्पद व्यक्ति पक्राउ

काठमाडौं , साउन ७ - काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न १ सय ६९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंबाट सबैभन्दा धेरै १ सय ५६ जना पक्राउ परेका प्रहरीले जनाएको हो । यस्तै, ललितपुरबाट ११ र भक्तपुरबाट २ जना पक्राउ परेका छन् । नियन्त्रणमा रहेका सबैमाथि अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । यसैगरी २६ जना फरार प्रतिवादीलाई पनि गत २४ घण्टामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसैबीच, २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय जनाभन्दा बढी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । सबैभन्दा धेरै तीव्र गतिमा सवारी साधन चलाउने १ सयजना कारबाहीमा परेका छन् । यसैगरी सडक तथा फुटपाथमा पार्किङ गर्ने ६९ जना, रातो बत्तीको उल्लंघन गर्ने ५६ जना, मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका ५२ जना पनि कारबाहीमा परेका छन् ।
यस्तै,अनावश्यक हर्न बजाउने ४४ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने ५० जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ३५ जना चालकहरूलाई पनि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



