२४ घण्टामा २,४५८ चालक कारबाहीमा, झन्डै २० लाख रुपैयाँ राजस्व संकलन
S
Sristi Thakuri२०२६-०६-२०, ०६:३५ AM

काठमाडौं असार ६- २४ घण्टामा दुई हजार ४ सय ५८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।
ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घनको कारबाहीबाट २४ घण्टामा राज्यकोषमा रु १९ लाख ६० हजार ५ सय २ रुपैँया राजस्व दाखिला गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १ सय ५५, नियमविपरीत राइड सेयरिङ गरेका ८७, संकेत बत्ती उल्लङ्घनकर्ता १ सय २४ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १ सय ५७ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, लेन अनुशासन पालना नगर्ने ८०, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ८ जनालाई पनि कारबाही गरिएको छ । सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, सवारीसाधनको अवस्था परीक्षण नगरी सडकमा सवारी निकाल्ने २२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६ सय २७ जनालाई कारबाही गरिएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



