Global TV Logo
लोड हुँदैछ...

माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो, थप शवको खोजी जारी

S
Sristi Thakuri
२०२६-०९-१८, ०७:४६ AM
होमपेज/समाचार
माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो, थप शवको खोजी जारी

काठमाडौं  , असोज २ - रसुवास्थित माथिल्लो त्रिशूली थ्री एको सुरुङबाट ६ वटा शव निकालिएको छ । 

भोटेकोशीको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकामध्ये थप जनाको शव निकालिएको हो । टनेलको ढलान गर्न बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा ६ शव निकालिएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ । उद्धार टोलीले ग्राइन्डर, ग्यास कटर तथा रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी सुरुङबाट ६ वटै शव बाहिर निकालेको जनाएको छ । सुरुङभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति समेत देखिएको उद्धार टोलीले जनाएको छ । उक्त क्षेत्रमा थप खोजी तथा उद्धार कार्य जारी छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका केही व्यक्ति सम्पर्कविहीन भएका थिए । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com