३५ वर्षको समस्या ३५ मिनेटमा समाधान हुँदैन : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका सुकुमवासीको समस्या समाधान गर्ने सरकारको प्रतिबद्धता दोहोर्याएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सुकुमवासीको उचित व्यवस्थापनका लागि सरकार गम्भीर रूपमा अघि बढिरहेको बताएका हुन्।प्रधानमन्त्री शाहले आफ्नो पार्टी तथा सत्तारुढ दल रास्वपाले समेत यस विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे। उनका अनुसार वास्तविक सुकुमवासीको पहिचान गरी उनीहरूको व्यवस्थापन राज्यले नै गर्नुपर्ने आवश्यकता छ।उनले भने, “म स्थानीय सरकारमा हुँदा नै संघ सरकारलाई भनेको थिएँ, वास्तविक सुकुमवासीलाई होल्डिङ सेन्टरमा राखेर, जसको देशभरि कुनै जग्गा छैन, उनीहरूलाई सरकारले उचित जग्गा व्यवस्थापन गर्नुपर्छ।”प्रधानमन्त्री शाहले समस्या समाधान एकैछिनमा सम्भव नहुने भन्दै धैर्य गर्नुपर्नेमा जोड दिए। “३५ वर्षमा नभएको काम ३५ मिनेटमा खोज्नु हुँदैन,” भन्दै उनले दीर्घकालीन समाधान आवश्यक रहेको बताए।उनका अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समेत चालु आर्थिक वर्षभित्र सुकुमवासी व्यवस्थापनको काम अघि बढाउने बताएका छन्।सुकुमवासीको सुरक्षाका लागि तत्काल कदम चालिएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले उनीहरूको ज्यान जोखिममा नपरोस् भनेर स्थानान्तरण गरिएको बताए।काठमाडौं उपत्यकामा विगतका वर्षहरूमा बाढी, डुबान र फोहोरजन्य समस्याका कारण स्वास्थ्य जोखिम बढेको भन्दै सुरक्षित व्यवस्थापनका लागि कदम चालिएको उनको भनाइ छ।सरकारले भूमिसम्बन्धी समितिमार्फत आवश्यक अध्ययन र समाधान प्रक्रिया अघि बढाइरहेको पनि प्रधानमन्त्रीले जानकारी दिए।
लोकप्रिय खबर
लोड हुँदैछ...



