Global TV Logo
लोड हुँदैछ...

एमालेमा नेतृत्व संकट : ओली हटाउने खाका तयार

B
Binita Thapa
२०२६-०६-१७, ०३:५३ AM
होमपेज/विशेष समाचार
एमालेमा नेतृत्व संकट : ओली हटाउने खाका तयार

काठमाडौँ, असार ३ - नेकपा एमालेका नेताहरूले केन्द्रीय कमिटीबाटै अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने योजनाको खाका तयार पारेका छन् । 

पार्टी केन्द्रीय सचिवालयमा अल्पमतमा परेका अध्यक्ष ओलीलाई केन्द्रीय कमिटीबाट आशा छ । केन्द्रीय कमिटीमा आफ्नो बहुमत भएकाले यहीँ पार्टी पुनर्गठनको प्रस्ताव असफल पार्ने ओलीको योजना छ ।

 मंसिर २७ देखि पुस ३ भएको ११ औँ महाधिवेशनमा ओली पक्षले झण्डै दुई तिहाइ केन्द्रीय सदस्य जितेको छ । तर, नेतृत्व परिवर्तन गर्ने अभियानमा रहेका नेताहरू केन्द्रीय कमिटीबाटै ओलीलाई पाखा लगाउने तयारीमा छन् । वडादेखि केन्द्रसम्मका सबै कमिटी भंग गरेर आयोजक समिति बनाई भेला र अधिवेशन गरेर नयाँ नेतृत्व ल्याउनुपर्ने उनीहरूको प्रस्ताव छ । उनीहरूले विशेष वा अर्ली महाधिवेशनका लागि बन्ने आयोजक समितिको नेतृत्व पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दिने तयारी पनि गरेका छन् । 

उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई सहितका सचिवालयका नेताहरूले ओलीलाई हटाउने आन्तरिक गृहकार्य गरिरहेका छन् । देशव्यापी सञ्जाल रहेका पौडेल र पोखरेल मिलेकाले बहुमत उनीहरूको पक्षमा उभिने सम्भावना रहेको दाबी गरिएको छ । तल्लो तहदेखि नै अध्यक्ष ओलीलाई लिएर अगाडि जान नसक्ने सुझाव आएपछि पार्टी पुनर्गठन गर्नैपर्ने निचोडमा पुगिएको नेताहरुको दाबी छ । 

अहिले एमालेको चुनावी समीक्षा र पार्टी पुनगर्ठनका लागि १५ सदस्यीय कार्यदलले प्रदेशहरूबाट सुझाव संकलन गरिरहेको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com