प्राकृतिक विपत्तिमा राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान

काठमाडौं ,भदौ २२ - नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले देशमा आइपरेको अकल्पनीय प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षलाई राजनीतिक तथा दलीय मतभेद त्यागेर एकजुट हुन आह्वान गरेका छन ।
जनकपुरमा आयोजित लायन्स क्लवको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधीले विपद्को यस घडीमा उद्धार, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । नेता निधीले मुलुकमा हालै आएको बाढीपहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएको उल्लेख गरे । नेता निधीले रसुवाको बेत्रावती, ढुङ्गे बजार र नुवाकोटका विभिन्न क्षेत्रमा भएको विनाशले जनजीवन तहसनहस पारेको बताए । नेता निधीले विगत ११ दिनदेखि सुरक्षा निकायहरू निरन्तर उद्धार कार्यमा खटिएको बताउँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सिमित स्रोतसाधनका बाबजुद प्रशंसनीय काम गरेको बताए । साथै, छिमेकी मुलुक भारत र चीनसहित अन्तर्राष्ट्रिय जगतले पु¥याएको सहयोगप्रति उनले आभार प्रकट गरे ।
जलविद्युत क्षेत्रमा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै नेता निधीले हाइड्रोपावर आयोजनाहरूमा कार्यरत कर्मचारीहरूको ज्यान जानु र भौतिक संरचना ध्वस्त हुनु राष्ट्रका लागि अपूरणीय क्षति भएको बताए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



