Global TV Logo
लोड हुँदैछ...

कर प्रणालीमा व्यापक पुनरावलोकन, आयकर छुटको सीमा १० लाख रुपैयाँ पुग्यो

S
Sristi Thakuri
२०२६-०५-२९, १०:४९ AM
होमपेज/समाचार
कर प्रणालीमा व्यापक पुनरावलोकन, आयकर छुटको सीमा १० लाख रुपैयाँ पुग्यो

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कर प्रणालीमा व्यापक पुनरावलोकन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर तथा संरचनामा सुधार गर्दै प्रतिव्यक्ति आयकर छुटको सीमा उल्लेख्य रूपमा बढाइएको घोषणा गरे । नयाँ व्यवस्थाअनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले आयकर तिर्नु नपर्ने भएको छ । यसअघि रहेको कर छुटको सीमा दोब्बर बनाइएको सरकारको दाबी छ । यो व्यवस्था मासिक करिब ८३ हजार ३ सय रुपैयाँ आम्दानी हुने व्यक्तिमा लागू हुनेछ ।त्यसैगरी सरकारले विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्कसमेत खारेज गरेको जनाएको छ । अर्थमन्त्री वाग्लेले उद्योग, व्यापार र उपभोक्तालाई राहत दिने उद्देश्यले अन्तःशुल्क हटाउने निर्णय गरिएको बताए । सरकारले कर प्रणालीलाई सरल, व्यवस्थित र लगानीमैत्री बनाउने लक्ष्यसहित नयाँ व्यवस्था ल्याएको जनाएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
कर प्रणालीमा व्यापक पुनरावलोकन, आयकर छुटको सीमा १० लाख रुपैयाँ पुग्यो | Global TV Khabar