सांसदलाई स्वकीय सचिवको व्यवस्था गर्न औपचारिक माग
S
Sristi Thakuri२०२६-०६-०७, १२:१८ PM

सङ्घीय संसद् र प्रदेश सभाका सांसदहरूले आफ्नो कार्यदक्षता बढाउन तथा कानुन निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन व्यक्तिगत सहयोगी कर्मचारी (स्वकीय सचिव)को व्यवस्था गर्न औपचारिक माग गरेका छन्।
सुदूरपश्चिमको टीकापुरमा जेठ २२–२४ गते सम्पन्न ‘अन्तर–व्यवस्थापिका मञ्च’को ११औँ सम्मेलनले सांसदहरूलाई संसदीय गतिविधिमा सहयोग पुर्याउन आवश्यक कर्मचारी व्यवस्था गर्न सम्बन्धित निकायसँग पहल गर्ने निर्णय गरेको हो।
सम्मेलनपछि जारी ९ बुँदे ‘टीकापुर सन्देश–पत्र’को पाँचौँ बुँदामा सांसदका लागि सहयोगी कर्मचारी व्यवस्था गर्ने विषय समेटिएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



