Global TV Logo
लोड हुँदैछ...

नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माको कार्यकाल निकै चुनौतीपूर्ण हुने संकेत

B
Binita Thapa
२०२६-०५-२०, ०४:५७ AM
होमपेज/समाचार
नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माको कार्यकाल निकै चुनौतीपूर्ण हुने संकेत

जेठ ६- डा.मनोजकुमार शर्माले आफ्नै सहकर्मीको असन्तुष्टि र बार एसोसिएसनको असहमतिबीच मुलुकको ३३ औं प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् ।

मंगलबार प्रधानन्यायाधीशमा नियुक्त शर्मालाई चुनौती चिर्दै आफूलाई अब्बल प्रमाणित गर्ने अवसर छ । सर्वाेच्च अदालतमा पदभार ग्रहण गरे लगत्तै उनले आफ्नो पहिलो र सर्वोच्च प्राथमिकता स्वतन्त्र न्यायपालिकालाई पूर्णरूपमा अक्षुण राख्नु रहेको बताएका छन् । 

प्रधानन्यायाधीशमा नियुक्त शर्माको काँधमा २२ हजार पुराना मुद्दाको फैसला प्रक्रियालाई तदारुकतासाथ अघि बढाउने र न्यायालयप्रतिको जनविश्वास गिर्न नदिने जिम्मेबारी आएको छ । अहिले सर्वोच्च अदालतमा करिब २२ हजार मुद्दा फैसलाको पर्खाइमा छन् । न्यायिक क्षेत्रका विंसगति र गुनासा सम्बोधन गर्ने जिम्मेवारी र चुनौती दुवै उनको काँधमा आएको छ । 

शर्मालाई अदालतमा विभिन्न खाले बिचौलिया रहेको भन्ने गुनासालाई निस्तेज पार्नुपर्ने अर्को चुनौती छ । उनले आफ्नो कार्ययोजनामा न्यायिक काम कारकाहीमा शीघ्रता, गुणस्तरीयता तथा सेवा प्रवाहमा सुनिश्चिततासँगै अदालतप्रतिको जनआस्था अभिवृद्धि हुने उल्लेख गरेका छन् । शर्मालाई सबैभन्दा बढी चुनौती सहकर्मीलाई विश्वासमा लिएर बेञ्च र बारबिच हुने द्वन्द्व व्यवस्थापनमा हुनेछ । उनी नियुक्त हुनअघि नै बारले असहयोग गर्ने संकेत देखाएको छ । सरकारको भरपुर साथ पाए पनि सहकर्मी न्यायाधीश र कानुन व्यवसायीहरूको सकारात्मक साथ नपाए उनलाई ६ वर्षे कार्यकाल चुनौतीपूर्ण बन्न सक्छ । 

कामु प्रधानन्यायाधीश सपना प्रधान प्रधान मल्लले त प्रधानन्यायाधीशको पदभार ग्रहण कार्यक्रम नै बहिस्कार गरेकी छन् । शर्माको पदभार ग्रहण कार्यक्रममा सर्वोच्चका पाँच जना न्यायाधीशमात्र उपस्थित थिए ।।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माको कार्यकाल निकै चुनौतीपूर्ण हुने संकेत | Global TV Khabar