Global TV Logo
लोड हुँदैछ...

ट्याङ्लाफाँटमा चलिरहेको कारमा अचानक आगो, चालकको घटनास्थलमै मृत्यु

S
Sristi Thakuri
२०२६-०७-२१, ०७:०९ AM
होमपेज/विशेष समाचार
ट्याङ्लाफाँटमा चलिरहेको कारमा अचानक आगो, चालकको घटनास्थलमै मृत्यु

काठमाडौं, साउन ५ - काठमाडौको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ । 

आज बिहान ट्याङ्लाफाँटको चाँदनी चोक नजिकै बा ५ च ३०३८ नम्बरको किया कारमा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले कारमा एक्कासि आगो लागेपछि चालक बाहिर निस्कन नपाएकाले गाडीभित्रै मृत फेला परेको जानकारी दिएका छन् । चालक सिट बेल्ट बाँधेको अवस्थामै जलेको र मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

 मृतक चालकको सनाखत भने हुन बाँकी छ । घटनाको जानकारी पाएलगत्तै स्थानीय बासिन्दा र प्रहरीले आगो निभाउने उपकरणको प्रयोग गरी आगो निभाउने प्रयास गरेका थिए । पछि घटनास्थलमा दमकल समेत पुगेको थियो ।  गाडीमा कसरी आगो लाग्यो भन्नेबारे खुल्न सकेको छैन ।

 आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com