कक्रोच जनता पार्टीका संस्थापक अभिजीतद्वारा आमरण अनशनको घोषणा

साउन ३ - भारतको कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले अनिश्चितकालीन आमरण अनशनमा बस्ने घोषणा गरेका छन् ।
भारतको राजधानी नयाँ दिल्लीको जन्तर–मन्तरमा २० दिनदेखि आमरण अनशन बसेका सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई दिल्ली प्रहरीले शनिबार बलपूर्वक हटाएर अस्पताल लगेपछि दीपकेले आमरण अनशनको घोषणा गरेका हुन् । ५९ वर्षीय वाङ्चुक गत जुन २८ देखि सीजेपीको समर्थनमा आमरण अनशनमा थिए । पार्टीले भारतको महत्वपूर्ण नीट परीक्षाको प्रश्नपत्र चुहावटको जिम्मेवारी लिँदै केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ ।
अदालतको निर्देशनपछि दिल्ली प्रहरीले वाङ्चुकलाई अस्पताल पु¥याएको जनाएको छ । केही प्रदर्शनकारीले उक्त कारबाही रोक्ने प्रयास गर्दा केहीबेर तनाव र भागदौड भएको प्रहरीले बताएको छ । सीजेपीका संस्थापक दीपकेले प्रहरीको व्यवहारको कडा आलोचना गरेका छन् । वाङ्चुकलाई अस्पताल लगिएपछि दीपकेले आफूले पनि अनिश्चितकालीन आमरण अनशन सुरु गर्ने घोषणा गर्दै सरकारले गम्भीर गल्ती गरेको आरोप लगाए । पछिल्ला दिनहरूमा विभिन्न विपक्षी दलका नेताहरू जन्तर–मन्तर पुगेर वाङ्चुक तथा विद्यार्थी आन्दोलनप्रति समर्थन जनाउँदै आएका छन् ।
प्रदर्शनकारीहरूले सोमबार सुरु हुने संसद् अधिवेशनको पहिलो दिन जन्तर–मन्तरबाट संसद् भवनसम्म मार्च गर्ने योजना बनाएका छन् ।
समाचार स्रोत : एजेन्सि
लोकप्रिय खबर
लोड हुँदैछ...



