विरेन्द्रनगरमा महिलामाथि दुर्व्यवहार, नगर प्रहरीमाथि कारबाही हुने

वीरेन्द्रनगरमा नगर प्रहरीले महिलामाथि दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि नगरपालिकाले कडा कारबाही गर्ने जनाएको छ । बुधबार नगरपालिकाले विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको हो । डोकोमा काफल बोकेर बेच्दै हिँडिरहेकी एक महिलामाथि नगर प्रहरीबाट दुव्र्यवहार भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना भाइरल बनेको छ । उक्त भिडियो वीरेन्द्रनगरस्थित सिटी बसपार्क नजिक खिचिएको बताइएको छ । घटना मंगलबार साँझतिर भएको प्रारम्भिक जानकारी छ ।नगरपालिकाले उक्त घटनामा संलग्न नगर प्रहरीमाथि आवश्यक छानबिन गरी कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ । साथै पीडित महिलालाई उचित क्षतिपूर्ति दिने निर्णय पनि गरिएको नगरपालिकाले जनाएको छ । घटनापछि स्थानीय तह, नागरिक समाज तथा सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । नगरपालिकाले यस्ता घटना पुनः नदोहरिने गरी आवश्यक सुधारात्मक कदम चालिने प्रतिबद्धता व्यक्त गरेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



