Global TV Logo
लोड हुँदैछ...

ग्लोबल टोलिभिजनको उत्कृष्ट कर्मचारीमा आचार्य सम्मानीत

S
Sristi Thakuri
२०२६-०९-२५, ११:४२ AM
होमपेज/समाचार
ग्लोबल टोलिभिजनको उत्कृष्ट कर्मचारीमा आचार्य सम्मानीत

काठमाडौं , असोज ९  - काठमाडौं असोज ९ गते । ग्लोबल टेलिभिजनले संस्थामा कार्यरत आफ्ना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने क्रममा सुदर्शन आचार्य सम्मानीत भएका छन् । 

इन्द्रजात्राको अवसर पारेर शुक्रबार आयोजित एक समारोहमा भाद्र महिनाको उत्कृष्ट कर्मचारी घोषणा गर्दै टेलिभिजनले संस्थामा कार्यरत आचार्यलाई सम्मान तथा पुरस्कृत गरेको हो । 

आचार्यले ग्लोबल टेलिभिजनको डेस्क शाखामा कार्यरत रहेका छन् । आचार्यलाई ग्लोबल टेलिभिजनका अध्यक्ष प्रभुराम श्रेष्ठले नगद पुरस्कारसहित सम्मान पत्र र मायाको चिनो प्रदान गरेका थिए । ग्लोबल टेलिभिजनले संस्थामा कार्यरत कर्मचारीलाई प्रोत्साहनको लागि प्रत्येक महिना उत्कृष्ट कर्मचारी घोषणा गरेर पुरस्कृत गर्दै आएको छ । 

यसले कार्यसम्पादनमा प्रत्यक्ष प्रभाव पर्ने र कर्मचारीमा काम गर्न उत्साह थपिने विश्वास व्यवस्थापन पक्षको छ । 

पुरस्कृत भएपछि आचार्य इमान्दारपूर्वक गरेको कामको मुल्याङ्कन भएकोमा गर्व महसुस भएको भन्दै सबैलाई धन्यवाद ब्यक्त गरेका थिए । 

साथै उनले आफुले पुरस्कार स्वरुप प्राप्त गरेको प्राप्त गरेको रकम बराबरकै रकम थप गरेर भाद्र १० गते भोटेकोसीमा आएको बाढी प्रभावितका लागि खोलिएको प्रधानमन्त्री राहतको कोषमा जम्मा गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
ग्लोबल टोलिभिजनको उत्कृष्ट कर्मचारीमा आचार्य सम्मानीत | Global TV Khabar