Global TV Logo
लोड हुँदैछ...

एलपी ग्यासको चरम अभाव, उपभोक्ता घण्टौँ लाइनमा

S
Sristi Thakuri
२०२६-०८-०९, ०६:१७ AM
होमपेज/विशेष समाचार
एलपी ग्यासको चरम अभाव, उपभोक्ता घण्टौँ लाइनमा

काठमाडौं , साउन २४ - सरकार र नेपाल आयल निगमको अदूरदर्शी नीतिका कारण देशभर खाना पकाउने एलपी ग्यासको चरम र कृत्रिम अभाव सिर्जना भएको छ । 

आयल निगमले आधा सिलिन्डरबाट पुनः पूर्ण तौलको ग्यास वितरण गर्ने निर्णय गरेपछि बजारको माग व्यवस्थापन गर्न नसक्दा उपभोक्ता सास्ती भोग्न बाध्य भएका हुन् । साउन लागेयता अभाव शुरु भएको ग्यासको आपूर्ति अझै सहज हुन सकेको छैन् । उपभोक्ता एउटा सिलिन्डर लिन घण्टौँ लाइन बस्न बाध्य छन् । तर,नेपाल आयल निगम सामान्य अवस्थामाको खपतभन्दा धेरै आयात भइरहेको दाबी गर्दै आएको छ । पछिल्लो २२ दिनमा ३९ हजार ७ सय ७४ मेट्रिक टन ग्यास आयात भएको र यो महिना झण्डै ५५ हजार मेट्रिक टन ग्यास आयात हुने निगमको अनुमान छ । सामान्य अवस्थामा महिनामा ४५ ÷४६ मेट्रिक टनसम्म ग्यास भित्रने गर्छ । नेपालमा अहिले ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन् । ती उद्योगमा १० हजार १ सय ६६ मेट्रिक टन भण्डारण र दैनिक एक करोड ७५ लाख सिलिन्डर दैनिक फिलिङ क्षमता रहेको छ । बजारमा ग्यास सहज बनाउन मन्त्रालयले उद्योग तथा डिलरको अनुगमनलाई तीव्र पारेको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com