Global TV Logo
लोड हुँदैछ...

सिन्धुलीमा बसको ठक्करपछि कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

S
Sristi Thakuri
२०२६-०८-०३, ०८:४० AM
होमपेज/विशेष समाचार
सिन्धुलीमा बसको ठक्करपछि कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

काठमाडौं , साउन १८ -  मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर क्षेत्रमा बससँग ठोक्किएपछि एक कार सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्।

प्रहरीका अनुसार बेपत्ता हुनेमा कार चालक, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी गणेश थापा र कारमा रहेका एक जना हेल्पर रहेका छन्। चालक र हेल्परको परिचय भने खुल्न बाँकी छ।

काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको हेमबहादुर तामाङले चलाएको बा.प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट खोटाङको खुर्कोटतर्फ आइरहेको कारलाई ठक्कर दिएको थियो। ठक्करको प्रभावले कार सडकबाट सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको कारको नम्बर अझै खुल्न सकेको छैन। बेपत्ताहरूको खोजीका लागि प्रहरी र उद्धार टोली परिचालन गरिएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com