Global TV Logo
लोड हुँदैछ...

नेपाल–चीन सीमामा पहिरोले बनेको कृत्रिम ताल भरिएपछि पानी बग्न थाल्यो, जोखिम कम रहेको चिनियाँ अधिकारीको भनाइ

S
Sristi Thakuri
२०२६-०८-३०, ०५:४१ AM
होमपेज/विशेष समाचार
नेपाल–चीन सीमामा पहिरोले बनेको कृत्रिम ताल भरिएपछि पानी बग्न थाल्यो, जोखिम कम रहेको चिनियाँ अधिकारीको भनाइ

काठमाडौं , भदौ १४ - नेपाल–चीन सीमानजिकै पहिरोका कारण नदी थुनिएर बनेको कृत्रिम ताल भरिएपछि पानी बाहिर बग्न थालेको छ । 

हाल स्थिति नियन्त्रणमा रहेको चिनियाँ अधिकारीहरूले जानकारी दिएका हुन् । चिनियाँ सरकार नियन्त्रित सञ्चारमाध्यम सीसीटीभीमार्फत प्रसारित तिब्बत क्षेत्रीय सरकारको पत्रकार सम्मेलनमा बोल्दै अधिकारीहरूले कृत्रिम ताल भरिएर पानीको निकास सुरु भइसकेको जनाएका छन् । हालको समग्र स्थिति स्थिर रहेको र ताल पूर्ण रूपमा भत्किने जोखिम तुलनात्मक रूपमा निकै कम रहेको बताइएको छ । लाङटाङ लिरुङ हिमशृंखला नजिकै रहेको हिमनदीको ठूलो भाग भत्किएर तल रहेको नदीमा खसेपछि विशाल हिमपहिरो र पहिरो गएको चिनियाँ प्रारम्भिक अध्ययनले देखाएको छ । हिउँ, चट्टान र पानी मिसिएको भीषण लेदो तलतिर बग्दै केरुङ नाकासम्म पुग्न मात्र ६ देखि ७ मिनेट लागेको चिनियाँ प्राविधिक अध्ययनले देखाएको छ । यसैबीच,भोटेकोसी नदीको बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा आज दिउँसो वर्षा हुने सम्भावना रहेकाले उद्धार कार्य प्रभावित हुने अनुमान गरिएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com