Global TV Logo
लोड हुँदैछ...

भोटेकोशी बाढीपछि पर्यटन प्रवद्र्धनमा जोड, ‘नेपाल भ्रमणका लागि सुरक्षित छ’ भन्ने सन्देश फैलाउन आग्रह

S
Sristi Thakuri
२०२६-०९-२९, १२:०१ PM
होमपेज/समाचार
भोटेकोशी बाढीपछि पर्यटन प्रवद्र्धनमा जोड, ‘नेपाल भ्रमणका लागि सुरक्षित छ’ भन्ने सन्देश फैलाउन आग्रह

काठमाडौं, असोज १३ - होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश तत्काल विश्वभर फैलाउन आवश्यक रहेको बताएका छन । 

भोटेकोशी बाढीले नेपालको पर्यटकीय क्षेत्रमा नकरात्मक असर व्यहोनुपरेकोले त्यसको पुनरुत्थानका लागि तत्काल प्रवद्र्धन अभियान सञ्चालन गर्नुपर्ने उनले बताए । नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि भारत र चीन लगायतका प्रमुख पर्यटकीय बजारमा तत्काल प्रवद्र्धन अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । भोटेकोशी करिडोरमा आएको विपत्तिले अन्तर्राष्ट्रियस्तरमा नेपालबारे नकारात्मक सन्देश जानसक्ने भएकोले त्यसलाई चिर्न आवश्यक रहेको उनको भनाई छ । 

अध्यक्ष साहले काठमाडौं, चितवन र पोखरालगायतका प्रमुख पर्यटकीय गन्तव्य सामान्य अवस्थामा रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सरकार, नेपाल पर्यटन बोर्ड, विदेशस्थित नेपाली दूतावास र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्नेमा जोड दिए । उनले दशैं–तिहारको पर्यटकीय सिजनअघि नै भारत र चीनमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com