बिनाअनुमति भारतीय हेलिकप्टर उडेको आरोप, नेकपाद्वारा सरकारसँग स्पष्टीकरण माग

काठमाडौँ, असार १ -भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको विषय संसदमा उठेको छ ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाले भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै सरकारको जवाफ माग गरेको हो । नेकपाका प्रमुख सचेतक युवराज दुलालले दार्चुलाको नेपाली आकाशमा भारतीय सेनाको हेलिकप्टर अनुमतिविना उडेको भन्दै संसदमा सरकारसँग जवाफ मागेका छन् ।
भारतीय सेनाको हेलिकप्टर दार्चुलाको भूमि हुँदै उडेको र त्यसमा भारतीय सेनाका कुनै प्रमुख व्यक्ति सवार रहेको भनेर उनले यो विषय संसदमा राखेका हुन् । यस्तै, प्रमुख सचेतक दुलालले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले त्यसबारे संसदमा आएर जवाफ दिनुपर्ने माग कायमै रहेको बताएका छन् ।
प्रधानमन्त्रीले बिदा मनाइसकेको र देश बनाउने टोली सार्वजनिक गरेको अवस्थामा उनले जनताका जल्दाबल्दा समस्याको जवाफ दिन पनि माग गरेका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



