झाँक्रीको आरोप : जबरा पक्राउ प्रकरणले सरकार फाँसीवादतर्फ उन्मुख भएको देखायो
S
Sristi Thakuri२०२६-१०-०१, ०९:१२ AM

काठमाडौँ , असोज १५ - नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीले फाँसीवादतर्फ उन्मुख भएको देखिएको आरोप लगाएकी छन् ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उनले सरकारले पूर्वप्रधानन्यायधीश पक्राउ गर्नुको कारण र जवाफ दिन नसकेर सरकारलाई लाज छोप्न समेत गाह्रो भइरहेको टिप्पणी गरेकी हुन् । कार्यकारी प्रमुखमा हुने शक्तिको दुरुपयोग गरी न्यायपालिकार र व्यवस्थापिकामाथि अप्रत्यक्ष प्रहार भइरहेकोप्रति पनि उनको आपत्ति थियो ।
जबरा पक्राउ प्रकरणमा सरकारलाई कठघरामा उभ्याएर जवाफ माग्नुपर्नेमा पनि सांसद झाँक्रीको जोड थियो ।
लोकप्रिय खबर
लोड हुँदैछ...



