Global TV Logo
लोड हुँदैछ...

प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको महासंघको आरोप

S
Sristi Thakuri
२०२६-०६-१०, ०८:५९ AM
होमपेज/विशेष समाचार
प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको महासंघको आरोप

नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन तथा सूचना वितरणसम्बन्धी निर्णय खारेज गर्न माग गर्दै बुधबार देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना कार्यक्रम गरेको छ।

काठमाडौंको बबरमहलमा आयोजित कार्यक्रममा महासंघका महासचिव रामप्रसाद दाहालले सरकारले चैत १८ गते गरेको निर्णय संविधान, विज्ञापन ऐन र सूचनाको हकसम्बन्धी कानुनविपरीत रहेको आरोप लगाए। उक्त निर्णयले निजी सञ्चारमाध्यमलाई कमजोर बनाउने र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने उद्देश्य राखेको उनको भनाइ थियो।

महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारी विज्ञापन र सूचना सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने व्यवस्थाले नागरिकको सूचनाको हकमाथि आघात पुगेको बताइन्। उनले पछिल्लो समय पत्रकारमाथि दबाब, समाचार स्रोत खुलाउन लगाउने तथा सामग्री हटाउन बाध्य पार्ने प्रवृत्ति बढेको आरोपसमेत लगाइन्।

महासंघले सरकारले निर्णय तत्काल फिर्ता नलिए आन्दोलनलाई थप सशक्त बनाउँदै सिंहदरबार केन्द्रित कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको छ। साथै लोकतन्त्र, संविधान र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि आन्दोलन जारी रहने जनाएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com