Global TV Logo
लोड हुँदैछ...

विभिन्न देशका राजदूतका लागि झण्डै तीन हजार जनाको आवेदन

B
Binita Thapa
२०२६-०६-०६, ०३:४१ AM
होमपेज/समाचार
विभिन्न देशका राजदूतका लागि झण्डै तीन हजार जनाको आवेदन

 जेठ २३- विभिन्न देशका राजदूत तथा स्थानीय प्रतिनिधि पदका लागि झण्डै तीन हजार जनाको आवदेन परेको छ । इतिहासमै पहिलोपटक खुला प्रतिष्पर्धाबाट राजदूत नियुक्तिका लागि गरिएको आह्वानमा अत्यधिक आकर्षण देखिएको हो ।

परराष्ट्र मन्त्रालयले गएको जेठ १४ गतेदेखि हिजोसम्म आवेदन आह्वान गरेको थियो । यस अवधिमा अनलाइन, इमेल तथा भौतिक उपस्थितिमार्फत ठूलो संख्यामा आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ । सरकारले १३ राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि आवेदन आह्वान गरेको हो । तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले राजनीतिक नियुक्ति पाएका विभिन्न १० देशका राजदूतहरू फिर्ता बोलाएको थियो भने पछि वर्तमान सरकारले राजनीतिक नियुक्ति पाएकाहरूलाई पदमुक्त गरेको थियो ।

राजदूत पद खाली भएपछि सरकारले खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको थियो । सबै आवेदनको रुजु तथा प्रमाणीकरणपछि मन्त्रालयले योग्य उम्मेदवारहरूको सूची मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको छ । मन्त्रिपरिषद्ले सिफारिस गरेका उम्मेदवारको संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति गर्ने संवैधानिक प्रावधान छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com