Global TV Logo
लोड हुँदैछ...

नेपालको पर्यटन र प्रविधि विकासमा अमेरिकाको निरन्तर साथ रहने

S
Sristi Thakuri
२०२६-०५-३१, ०६:३६ AM
होमपेज/समाचार
नेपालको पर्यटन र प्रविधि विकासमा अमेरिकाको निरन्तर साथ रहने

काठमाडौंमा आयोजित ‘एसेन्ट समिट’मा बोल्दै अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्सले नेपालको साहसिक पर्यटन, नवप्रवर्तन र प्रविधि विकासमा अमेरिका सधैं सहकार्य गर्न प्रतिबद्ध रहेको बताएकी छन्। 

उनले नेपाल–अमेरिकाबीचको ७९ वर्ष लामो कूटनीतिक सम्बन्धमा पर्वतारोहणले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै दुवै देशलाई साहस र अन्वेषणको साझा भावनाले जोडेको बताइन्।रोजर्सले सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकमध्ये १ लाख १२ हजार अमेरिकी रहेको जानकारी दिँदै अमेरिकी पर्यटकहरूले नेपालको पर्यटन अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको बताइन्। उनले पर्वतारोहणमा ड्रोन, सञ्चार उपकरण र सुरक्षा प्रविधिको प्रयोग बढ्दै गएको उल्लेख गर्दै अमेरिकी प्रविधिले नेपाली आरोहणलाई थप सुरक्षित र सफल बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिन्। साथै, नेपालको दिगो पर्यटन, आर्थिक वृद्धि र प्रविधि हस्तान्तरणमा अमेरिकी सहयोग निरन्तर रहने प्रतिबद्धता समेत जनाइन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com