Global TV Logo
लोड हुँदैछ...

अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकाको भिषण आक्रमण

B
Binita Thapa
२०२६-०६-१०, ०५:०२ AM
होमपेज/समाचार
अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकाको भिषण आक्रमण

काठमाडौँ , जेठ २७ - अमेरिकाले इरानमाथि पुनःभीषण आक्रमण सुरु गरेको छ । 

इरानले स्ट्रेट अफ हर्मुजमा अमेरिकी हेलिकप्टर खसालेपछि अमेरिकी सेनाले आक्रमण सुरु गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य आक्रमणको घोषणा गरेलगत्तै अमेरिकी सेनाले आक्रमण सुरु गरेको छ । 

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)ले एक विज्ञप्ति जारी गर्दै पछिल्लो सैन्य कारबाही इरानको आक्रामक व्यवहारविरुद्ध चालिएको समानुपातिक कदम भएको बताएको छ । इरानको ड्रोन आक्रमणको सिकार भएको अमेरिकी आपाचे हेलिकप्टरमा सवार दुई चालक दलका सदस्यलाई भने सुरक्षित उद्धार गरिएको छ । इरानी सञ्चारमाध्यमहरूले घटनाको पुष्टि गरे पनि अर्ध–सरकारी समाचार एजेन्सी मेहरले हेलिकप्टर खसालेको जिम्मेवारी इरानले नलिएको दाबी गरेको छ । अमेरिकाको नयाँ आक्रमण विशेष गरी इरानको रक्षा र राडार प्रणालीमा केन्द्रित रहेको छ ।

 अमेरिकी आक्रमणको जवाफमा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्सले पनि बहराइनस्थित अमेरिकी नौसैनिक पाँचौँ ब्याच र अन्य अमेरिकी ठेगानाहरूलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ । दुवै देशबीच भइरहेको पछिल्लो सैन्य टकरावले विगत केही समयदेखि पर्दापछाडि चलिरहेको शान्ति वार्ता र सम्भावित युद्धविरामको प्रयासलाई गम्भीर संकटमा धकेलिदिएको छ ।

समाचार स्रोत : एजेन्सी

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com