राप्रपाको महत्त्वपूर्ण केन्द्रीय बैठकको नयाँ मिति घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक केही दिन पछि धकेलिएको छ ।
राप्रपाले यसअघि जेठ २८ र २९ गते बस्नेगरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको थियो । तर,पूर्वनिर्धारित मितिलाई परिमार्जन गर्दै बैठक असार ५ र ६ गते बस्ने गरी सारिएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विशेष कारणवश केन्द्रीय कार्यसमिति बैठक पछि सरेको जानकारी दिएका छन् ।
काठमाडौंमा बस्ने बैठकमा राजनीतिक, आर्थिक एवं सचिवालयसम्बन्धी प्रतिवेदनहरु पेश हुने बताइएको छ । बैठकमा समसामयिक परिस्थितिको समीक्षा पनि हुने श्रेष्ठले जानकारी दिएका छन् ।
संविधान संशोधनका सम्बन्धमा पार्टीको दृष्टिकोण, सांगठनिक सुदृढीकरण, सबै तहको अधिवेशन, पार्टीको महाधिवेशनको तयारी एवं महाधिवेशनको मितिसमेत बैठकबाट तय हुने राप्रपाले जनाएको छ । नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउँदै महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा एक समूह राप्रपाबाट बाहिरिएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



